भोजपुर– अरुण नदिमा पक्कि पुल नबन्दा मतदाता भन्दा आफु धेरै चिन्तित रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीले बताएका छन् । मन्त्री भई सकेपछिको पहिलो पटक गृह जिल्ला भ्रमणमा आएका मन्त्री राईले धेरै पहल भईरहेको तर पनि पुल नबन्दा आफु चिन्तित रहेको बताएका छन् । भेटघाट कार्यक्रममा अधिकांस वक्ताहरुले भोजपुर र संखुवासभाको सिमाना भएर बग्ने अरुण नदिमा पक्कि पुल निर्माणको लागि जोड माग गरेका थिए ।
आज भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकाको विभिन्न वडा तथा नगरपालिकाको केन्द्र दिङ्ला बजारमा भएको भेटघाट कार्यक्रममा अधिकांस मतदाता तथा स्थानीयवासीहरुको माग अरुण नदिमा कुनै पनि ठाउँमा कुनैपनि हालतमा पक्कि पुल बन्नु पर्ने माग राखेका थिए । विभिन्न संघ संस्था तथा सर्वपक्षिय मागपत्रमा अरुण नदिमा पक्कि पुल निर्माणको लागि माग भएको थियो ।
भोजपुर जिल्लाको ऐतिहासिक तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित दिङ्ला बजार तथा नगरपालिका क्षेत्रमा भएको सांस्कृतिक महत्व तथा पुरातात्विक महत्व भएको क्षेत्रहरुलाई संरक्षण तथा संवद्र्धन र प्रर्वद्धन गरिनु पर्ने षडानन्द सीताराम गुठीका अध्यक्ष प्रकाश पौडेलले बताएका थिए ।
भौगोलिक विकटता कारण विकासे काम नभएको भौतिक पुर्वधारका क्षेत्रमा काम नभएको कारण अन्य मन्त्रालयहरुमा पहल समन्वय गरेर यस क्षेत्रको थप विकास गर्न नेकपा एमालेका नगर ईन्चार्ज ज्ञानेन्द्र कार्कीले बताए । जिल्लाबाट निर्वाचित सांसद मन्त्री हुँदा सबै मतदाताहरु खुसी भएका छन्् यो खुसीमा विश्वास पनि छ भोजपुर जिल्लाको विकासमा युवा नेता संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रीले धेरै विकासे कामहरु गर्न सक्छ भन्ने आम मतदाता तथा जिल्लावासीहरुमा विश्वास छ यो विश्वास नतोड्न नेपाली कांग्रेसका षडानन्द नगर सभापति भिम तामाङले अनुरोध गरे ।
आफ्नो मन्त्रालय अन्र्तगत पर्ने पर्यटन, संस्कृति साथै उड्यानको क्षेत्रमा धेरै चुनौतिहरु रहेको छ । चुनौतिहरुको चाङलाई पन्छाउँदै विकासे काममा परिणाम निकाल्नु पर्ने अवस्था भएको मन्त्री किराँतीले बताएका थिए । साथै देशको विकास छिन्मै हुने काम नभएका मन्त्री किराँतीले प्रष्ट पारे । जिल्लाको मन्त्री धेरै हुँदा, नेता धेरै हुँदा, राष्टपति हुँदा र प्रधानमन्त्री हुँदा भोजपुर सिंगापुर र खोटाङचै खोटाङनै हुने व्यवस्था देशमा नभएको बताए । देशको निति र व्यवस्थाले समग्र रुपमा विकास हुने मन्त्री किराँतीले बताएका छन् ।









