संखुवासभा, संखुवासभाको धर्मदेवी नगरपालीका अन्तरगत पर्ने अक्करको भिरबाट भदौ ३१ गते गाडी दुर्घटना हुँदा हराईरहेका ६ जना मध्ये सदिक्षा राई श्रेष्ठको शव फेला परेको छ । दुर्घटना स्थलबाट करिव १० किलोमिटर तल पर्ने धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नं. ४ को दनार स्थित सोमबार शव फेला परेको हो । हराईरहेको जिप र त्यसमा सवार अन्य ५ जनाको पनि खोजि कार्य जारीरहेको प्रहरीले जनाएको छ ।
सुनसरीको धरानमा उपचार गर्न जानेक्रममा राति करिव १० बजेअक्करको भीरबाट अरुण नदीमा जीप खसेको थियो । दुर्घटनामा खाँदबारी ९ का सवारी चालक सन्तोष बिश्वकर्मा, सोही स्थानका प्रमेश थापामगर, उनका भिनाजु खोटाङ्गका खवरमान पिठाकोठे, खाँदबारी ९ कै संगम श्रेष्ठ उनकी श्रीमति सदिक्षा राई श्रेष्ठ र दुई महिनाको छोरा बेपत्ता भएको थियो ।
वेपत्ता खोजी गर्न ३ दिनसम्म गोताखोरले खोजी गरेका थिए । गोताखोरले समेत नभेटेपछी उनिहरुका आफन्तले कुशको शव बनाएर सामुहीक दाहसंस्कार गरिसकेका छन् ।









