भोजपुर– ईलाका प्रशासन कार्यालय दिङ्लाको भवन शिलान्यास भएको छ । जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बुधबार भवनको शिलान्यास गरेका हुन् । हालसम्म ईलाका प्रशासन कार्यालय षडानन्द नगरपालिका ४ दिङ्ला बजारमा अवस्थित भाडामा रहेको छ ।
षडानन्द नगरपालिका वडा नंं ८ मा २०८२ साल असार मसान्त भित्र सम्पन्न हुने गरि मार्सेलि निर्माण सेवाले भ्याट सहित ८ करोड ३१ लाखमा भवन निर्माण गर्ने भएको छ । ईलाका प्रशासन कार्यालयको भवन निर्माण हुने ठाउँमा मालपोत र नापी कार्यालयको भवन निर्माणको लागि समेत जग्गा रहेको छ । उक्त तीन ओटै कार्यालयको भवनहरु निर्माण गर्नको लागि मेहरमान तामाङ, जितेन्द्र श्रेष्ठ र प्रेम वि.क.ले १० रोपानी जग्गा निशुल्क उपलब्ध गराएका हुन् ।

ईलाका प्रशासन कार्यालको भवन निर्माण हुने जग्गा मेहरमान तामाङ र जितेन्द्र श्रेष्ठको गरि ३ रोपानी जग्गा रहेको ईलाका प्रशासन कार्यालयका अधिकृत विनोद अधिकारीले बताए । अहिले भईरहेको कार्यालयबाट प्रदान हुने सेवाहरु नागरिकता, जनजाती सिफारिस जस्ता सेवा साथै अब थप गर्नुपर्ने सेवाहरु राहादानी, परिचय–पत्र जस्ता सेवाहरु थप हुँदा भौतिक पुर्वाधारको समस्या हुने अवस्था छ । प्रशासनको आफ्नै भवन भनेपछि सेवा प्रदान गर्न सहज हुने समेत अधिकारीले बताए ।









