भोजपुर– भोजपुरमा रहेको ओडारे सामुदायिक वन उपभोक्त समितिले आयतित पेय पदार्थ प्रयोग नगर्ने भएको छ । समितिको २०८१ माघ ४ गते बसेको आमसभाले उक्त निर्णय गर्दै आयतित पेय पदार्थहरु प्रयोगमा पुर्ण बन्देज लगाएको छ ।

सामुदायिक वन उपभोक्ता समितिमा ४५ घरदुरी उपभोक्ता रहेको छ ४ गतेको आमभेलाले डिउ, कोक, मिरिन्डा, फेन्टा, वियर, रम साथै सिलप्याक रक्सी जस्ता पेय पदार्थ प्रयोग नगर्ने निर्णय गरेको हो । समुदायमा गरिने विभिन्न प्रकारका भोज, विवाह भोज, व्रतबन्ध ल्होछार साथै कुनैपनि भोजमा माथी उल्लेखित पेय पदार्थ प्रयोग नगर्ने निर्ण सर्वसहमत गरिएको सामुदायिक वन उपभोक्ता समितिका लेखा समिति संयोजक गेल्जेन शेर्पाले जानकारी दिए ।

पछिल्लो समयमा जङफुट, विभिन्न प्रकारका मसालेदार खाना साथै अत्यधिक आयतित पेय पदार्थको सेवनले स्वास्थ्यमा पर्ने असरलाई मध्येनजर गर्दै यस्तो निर्णय गरिएको शेर्पाले बताएका छन् । हामिले निर्णय गरेका छौं यो निर्णय कार्यन्वयको लागि हामी निर्णय भएको दिनदेखिनै सुरु भएको समेत शेर्पाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया