खाँदबारी, संखुवासभाको खाँदबारी नगरपालिका ३ को मत गणनाको पहिलो अपडेट अनुसार नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार भरत कुमार घिमिरेले अग्रता लिएका छन् ।

पहिलो ४ सय ५ मत गणनामा घिमिरेले २ सय ४८ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका बिक्रम गुरुङले १ सय ५२ मत प्राप्त गरेका छन् ।  जसमध्ये ५ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आज भएको उपनिर्वाचनको मतदानमा खाँदबारी ३ को वडाध्यक्ष पदका लागि १ हजार २ सय ७१ मत खसेको छ । महेन्द्र मावि मानेभञ्ज्याङ मतदान स्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालय खाँदबारी ल्याएर बेलुका ८ बजेबाट मतगणना गरिएको हो ।

खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि दुई राजनीतिक दलले मात्र उम्मेदवारी दिएका थिए।

तपाईको प्रतिक्रिया