खाँदबारी, संखुवासभाको खाँदबारी नगरपालिका ३ मा नेकपाका भरत कुमार घिमिरे विजयी भएका छन् । घिमिरेले ७ सय ९६ मत प्राप्त गरेर विजयी हासिल गरेका छन् । नेपाली कांग्रेसका विक्रम गुरुङ ४ सय ६७ मतका साथ पराजित भएका छन् ।

आज भएको उपनिर्वाचनको मतदानमा खाँदबारी ३ को वडाध्यक्ष पदका लागि १ हजार २ सय ७१ मत खसेको थिायो । जसमध्ये ८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि दुई राजनीतिक दलले मात्र उम्मेदवारी दिएका थिए ।

तपाईको प्रतिक्रिया