भोजपुर– दिङ्ला व्याडमिन्टन संघद्धारा खुल्ला पुरुष डवल्स व्याडमिण्टन प्रतियोगिताको छैठौं संस्करण चैत्र २६ गते देखि सञ्चालन हुने भएको छ । दिङल बजारमा अवस्थित कर्वडहलमा चैत्र २६ गतेदेखि प्रतियोगिताको औपचारिक खेल सुरु हुने व्याडमिन्टन संघका अध्यक्ष नरेन्द्र तामाङले जानकारी दिए । सहिद दिवसको अवसरमा आयोजना हुने प्रतियोगिता यसबर्ष प्राविधिक कारणले पछाडी धकेल्लिएको थियो ।

प्रतियोगिताको छैठौं संस्कारबाट सिनियर तथा ए डिभिजन र बि डिभिजन गरि २ समुहमा प्रतियोगितामा सञ्चालन गरिने भएको छ । ए डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई ४० हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले २५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाईनलिष्ट २ टीमले १०÷१० हजार नगद पाउनेछन । त्यस्तै वी डिभिजन तर्फ प्रथम स्थान हाँसिल गर्ने जोडीलाई २५ हजार नगद, मेडल र प्रमाण पत्र, दोस्रो हुने जोडीले १५ हजार नगद, मेडल र प्रमाण पत्र र सेमिफाईनलिष्ट २ टीमले ७,५७५ सय नगद पाउने अध्यक्ष तामाङ्गले जानकारी दिए । प्रतियोगिता लिगकम नकआउटको नियममा सञ्चालन गरिने छ । वी डिभिजनमा भोजपुर र संखुवासभाका खेलाडीले मात्र सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ ।

प्रतियोगिताको सम्पन्न गर्नको लागि षडानन्द नगरपालिका वडा नं. ४ र षडानन्द नगरपालिकाले सहयोग गरेको संघका सचिव लेखनाथ श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया