Anish Bista फेसबुकमा लेखनुहुन्छ

खाँदबारीमा वितरण गर्न सञ्चालन गरियो मांसिमा खानेपानी आयोजना पूर्णरुपमा असफल भएकै हो त ? ३४ करोड ठेक्कामा लगाएर ४६ करोड भन्दाबढी रकम सकिएको रकम कहाँ गयो ?

असफल हुनका कारणहरुः
१. आयोजना सम्पन्न भएको १ वर्ष र उपभोक्ता समितिले जिम्वारी लिएको तीन महिना वित्दा पनि पानी वितरण गर्न नसक्नु ।

२. ३५०० धारा जडान गर्ने लक्ष लिएर संचालन गरिएको अयोजनाको लक्ष पुरा गर्न नसक्नु ।

३. २९०० भन्दा वढी घरबाट जडान शुल्क बापत उपभोक्ताबाट अग्रिम रुपमा ५ प्रतिशत अर्थात २ करोड १५ लाख भन्दा बढी रकम उठाइएको थियो । तर हालसम्म २७७५ मात्र धारा जडान गरिएको । २७७५ मध्ये २००० धारामा भन्दा कम धारामा मात्र कहिलेकाँकी पानी वितरण हुने गरेको । धारा जडान गर्ने भन्दै रकम असुले पनि धारा नजोडिदा उपभोक्ता मारमा परेको ।

४. निर्माणाधिन सडकको विचमा पाईप लाईन विछ्याएर रकमको दुरुपयोग गरि हाल आएर सडकले पाईप विगारेको भन्दै दोस लगाउनु । सडकमा पाईप विछ्याउँदा किमाथाङ्का–रानी सडक समेत अवरुद्ध हुँदै आएको छ ।

५. आयोजनाका काम नसक्दै पुन डिजाईन परिर्वत पाईप लाईन सडक भन्दा वाहिरबाट विछ्याउनका लागि बजेट मागको दौडाहामा लाग्नु । पाईपलाईन परिवर्तका लागि स्टमेट तयारीमा लागिरहेको ।

६. खाँदबारी नगरपालिकाले सञ्चालन गर्दै आएको पुरानो खानेपानी ‘खाँदबारी खानेपानी उपभोत्ता तथा सरसफाई संस्था’ले जिम्मेवारी दिएपछि वितरण गर्न नसक्नु ।

७. २०६७ असारमा गठन भएको समितिले हाल जिम्मेवारी हस्तान्तरण गर्न नसक्नु । विधानमा दुई÷दुई वर्षमा साधारण मार्फत समिति परिर्वतन गर्नुपर्ने नियम रहेको छ ।

यसको जिम्मेवारी निकाय को रहने ? उपभोक्ता कहिले सम्म ठगिरहेने ? उपभोक्ताले पानी विनै हावावाट घुम्ने मिटरको महसुल तिर्नु पर्ने ? यसमा सम्वन्धित निकायको ध्यान जान जरुरी छ ।

तपाईको प्रतिक्रिया