मादी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नगर कमिटी मादीको सफत ग्रहण तथा प्रथम पूर्ण बैठक सम्पन्न भएको छ । शनिबार सम्पन्न कार्यक्रममा नव निर्वाचित ८१ सदस्यीय नगरकमिटीलाई सफत ग्रहण गरेको नगरकमिटी सदस्य सञ्जिव घिमिरेले नागरिक चासोलाई जानकारी दिए ।
पूर्व निर्धारित नियमानुसार पूर्व माओवादीबाट ३४ जना र नेकपा एमालेबाट ४७ जना नगरकमिटी सदस्य रहेका छन् ।
जिल्ला सह इन्चार्ज तथा नेकपाका केन्द्रिय सदस्य राजेन्द्र कुमार कार्की (नविन) को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सचिवालय सदस्य दावाछेत्र शेर्पा, शशि लिङ्थेप लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।







