पाँचखपन, संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. १ र २ मा विद्युत विस्तारको काम सम्पन्न भएको छ । साबिक स्याबुन गाउँ विकास समिति वडा नं. ६ मा ७५ घरधुरीमा विदुत जडान गरिएको वडाध्यक्ष टेक बहादुर बुढाथोकीले बताए । वडा नं. १ भित्र कै साबिक ४ र ५ मा भने विद्युत विस्तारको काम भइरहेको बुढाथोकीले बताए ।
यता साबिक ९ नं. वडामा विद्युत जडान भएको वडाध्यक्ष उत्तम दाहालले जानकारी दिए । उक्त वडामा १ सय ८० घरमा विद्युत जडान भएको छ । अन्य घरधुरीमा विस्तारको काम अघि बढी रहेको दाहालले बताए ।
नागेश्वरी बहुउद्धेशीय सहकारी संस्था मार्फत सञ्चालित सामुदायिक ग्रामिण विदुती करण कार्यक्रम अन्तर्गत विद्युत विस्तार गरिएको हो । आर्थिक वर्ष २०७३/०७४ मा विनियोजित २ करोड ३५ लाख बजेटबाट विद्युत विस्तार गरिएको सहकारी संस्थाका कोषाध्यक्ष डिल्लीहाङ राईले बताए । बत्ती बलेपछी स्थानीयहरु खुशी भएका छन् ।







