पाँच मेक्सिकन नागरिक सवार मनाङ एअरको हेलिक्पटन सोलुखुम्बुमा दुर्घना भएको छ । हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए ।
मङ्गलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो । ९एनएरएमभी कलसाइन भएको हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन ।
सोलुदुधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिकानजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ ।









