मादी, मादीमा रहेको कृष्ण प्रणामी मन्दिरले कृष्ण प्राकट्य महोत्सव सम्पन्न गरेको छ । मादी नगरपालिका वडा नं ५ ओभाङमा मन्दिरले शुक्रबार महोत्सव सम्पन्न गरेको छ । नाग पञ्चमीका दिन देखि वितक कथा वाचन गरि सुरु गरिएको महोत्सव आज विभिन्न कार्यक्रम गरी समापन गरिएको हो।

मादी नगर भित्रका विभिन्न भजन मण्डलीहरुको गायन तथा नृत्य प्रतियोगिता गरेर कार्यक्रमको समापन गरिएको आयोजकले जनाएको छ । वाईजुराज भजन मण्डली प्रथम, कोपिले भजन मण्डली दोस्रो र देवि पाञ्चायन भजन मण्डली तेस्रो भएका छन्। विजेताहरुले क्रमशः १ हजार, ७ सय, र ५ सय नगद प्राप्त गरेका छन्।

कृष्ण प्रणामी मन्दिर
२०२५ सालमा डम्वर वाई दाहाल र टीका वाई भट्टराईले स्थापना मन्दिरको स्थापना गरे । मन्दिर निर्माणका लागि डिल्लिराम दाहाल, गुणनिधि दाहाल र खगेस्वर दाहालले निशुल्क जग्गा प्रदान गरेका थिए । हाल मन्दिर संरक्षण समितिले मन्दिर संरक्षण तथा संवद्र्धन गरेका छन् ।

योजना
मन्दिरका लागि १० रोपनी जग्गा भए मादी नगरपालिकाले पार्क समेत निर्माण गर्ने दिएको छ । सोही बमोजिम समितिले हालै १५ रोपनि जग्गा खरिद समेत गरिसकेको समितिका कोषाध्यक्ष तोयानाथ दाहालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया