मादी, मादी नगरपालिकाको मादी स्वास्थ्य चौकीमा आइतबार देखि शुरु भएको निशुल्क स्वास्थ्य शिविरमा दोस्रो दिन आज एक हजार ३ सय जनाले सेवा लिएका छन् । जस्मा ६ सय ९२ जना महिला र ३ सय २१ जना पुरुष रहेका छन् । तीमध्ये ३ सय ९२ जनाले आँखाको उपचार गराएका छन् । भने १ सय २० जनाले मेडिटेसनको सेवा लिएका छन ।

मादी नगरपालिकाको सहयोग तथा हेल्पिङ हेन्ड्स इन्टरनेश्नल र टच हेल्पिङ हेन्ड्स पोलिक्लिनिक चैनपुरको आयोजनामा शिविर सञ्चालन गरिएको हो । दाँत, आँखा, तथा अन्य रोगहरुको समेत उपचार गरिने निशुल्क शिविर मंगलबारसम्म चल्ने छ ।

शिविरको पहिलो दिन २ सय ७५ जनाले सेवा लिएका थिए । जस्मा १ सय ४४ जना महिला र १ सय ३१ जना पुरुष रहेका छन् ।

तपाईको प्रतिक्रिया