मादी, संखुवासभाको मादी नगरपालिका वडा नं ९ फाविङमा शिक्षा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । वडाध्यक्ष पासाङ शेर्पाको अध्यक्षतामा वडामा रहेका ३ वटै विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीहरुको उपस्थितिमा अन्तरकृया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा विद्यालयको शैक्षिक, भौतिक, आर्थिक विकास कसरी सम्भव छ भन्ने कुरामा केन्दृत रहेर सहभागिहरुले आफ्नो विचार राखेका थिए ।
विद्यालयहरु आर्थिक सवलत तर्फ उन्मुख हुने, आर्थिक स्रोत कसरी जुटाउने भन्ने बारेमा समेत छलफल गरिएको वढाध्यक्ष पासाङ शेर्पाले जानकारी दिए ।
हाङथाना मावि पहिले नै मावि अनुमती पाईसके पनि दरबन्दी अभावमा समस्या भएको प्रअ डम्बर लिम्बुले बताए । दरबन्दी नहुँदा निजिस्रोतबाट शिक्षक राख्नु पर्दा तलव खुवाउन समस्या परेको प्रअ लिम्बुले बताए ।
अर्का खम्पुजङ आविका प्रअ रुद्र बहादुर कार्कीले जिल्ला शिक्षाले स्वीकृति दिए पनि दरवन्दी नदिएकाले चपेटामा परेको बताए । अब स्थानिय सरकारले दरवन्दि मिलान र अनुदान दिए विद्यालयले शैक्षिक सुधारको पाटोलाई केन्दृत गरि अघि वढ्ने बिचार व्यक्त गरे ।
कार्यक्रमलाई सम्वोधन गर्दै वडाध्यक्ष शेर्पाले उठेका सवाललाई आगामी वर्षको बजेटबाट लगानी गर्न नगरमा पहल थालिने नागरिक चासोलाई जानकारी दिए ।कार्यक्रममा शिक्षक सेवा आयोगबाट उतिर्ण हुने शिक्षकहरुलाई वधाई तथा सम्मान समेत गरिएको थियो ।







