काठमाण्डौ, कोरोना भाइरस (कोभिड -१९) को रोकथामका लागि सरकारले लागु गरेको ‘लकडाउन’ उल्लङ्घन गर्ने ६८ जना पक्राउ परेका छन् ।

सम्झाइ-बुझाइ गर्दा पनि अटेर गर्ने कैलालीबाट ३१ जना, कपिलवस्तुबाट १४ जना, रुपन्देहीबाट सात जना, झापाबाट चार जना, सुनसरीबाट चार जना, पर्साबाट तीन जना, सिरहाबाट दुई जना, कञ्चनपुरबाट दुई जना र धनुषाबाट एक जना गरी ६८ जना पक्राउ परेका हुन् ।

यस्तै ‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार पाँच सय ७१ गाडी पनि कारबाहीमा परेका छन् ।

कारबाहीमा परेकालाई कोरोना सङ्क्रमणको सम्भावित जोखिमबारे सम्झाइ बुझाइ गर्नुका साथै आवश्यक सोधपुछ र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया