शिलिचोङ, संखुवासभाको शिलिचोङ गाउँपालिका १ का राम कवित राई तीन दिन पछी मृत फेला परेका छन् । सोही गाउँपालिका वडा नं. १ तिवाका राई २० गते देखि खोलाले बगाएर बेपत्ता भएका थिए ।
३० वर्षिय राई वडा नं. २ को पौखमटारबाट घर फर्कने क्रममा पौखमटार र तिवा बिचको सिसुवाखोलाले बगाएपछी बेपत्ता भएका थिए । वेपत्ता राईको स्थानीय र प्रहरीले खोजी गर्ने क्रममा बिहिबार वडा नं. ३ को दुङ्मा स्थित संखुवाखोलामा शव भेटिएको प्रहरीले जनाएको छ ।







