संखुवासभा, संखुवासभामा जम्मा ६५ प्रतिशत मतदान भएको छ । दुई स्थानीय तहका १० मतदान स्थलमा मतदान सकिदासम्म ६५ प्रतिशत मत खसेको हो । जिल्ला निर्वाचनका अनुसार मकालु गाउँपालिकामा ६४ प्रतिशत मत खसेको छ ।
९ हजार एक मतदाता रहेको मकालु गाउँपालिकामा ५ हजार सात सय ७४ जनाले मतदान गरेकोे जिल्ला निर्वाचन अधिकारी चोलाराज दंगालले जानकारी दिए । त्यस्तै खाँदबारी नगरपालिका–३ मा ६९ प्रतिशत मत खसेको छ । १८ सय २२ मतदाता रहेको खाँदबारी–३ मा १२ सय ७१ जनाले मतदान गरेका छन् ।
संखुवासभामा मकालु गाउँपालिकाको अध्यक्ष पद र खाँदबारी नगरपालिका ३ को अध्यक्ष पदका लागि मतदान भएको थियो । उपनिर्वाचनका लागि ७४ जना कर्मचारी खटिएका थिए । भने ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए ।







