युएई, सखुवासभा समाज युएईद्वारा बडादशैँ, तिहार तथा छट पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । दुबई स्थित क्रीक पार्कमा शुक्रबार कार्यक्रम सम्पन्न भएको हो । समाजका अध्यक्ष बलराम राईको अध्यक्षतामा भएको कार्यक्रममा बिर बहादुरभुर्तेल, निरा राई र नवराज कार्कीले स्वागत मन्तव्य राखेका थिए ।
उनीहरुले आगामी दिनमा सहकार्य गरि सस्थालाई हाम्रो र राम्रो तवरले अघि बढाउन युएईमा रहेका जिल्ला बासीलाई आग्रह गरे । कार्यक्रममा बोल्दै उनीहरुले जिल्लाबासीहरु एकत्रित भई सामाजिक तथा आर्थिक रुपमा जिल्लालाई विश्वभर चिनाउदै जाने बताए । सबै जिल्ला बासीलाई कार्यक्रममा समेट्ने कोशिस गरेको भएपनि कामको व्यस्तताले गर्दा सोचे अनुकुल नभएको भन्दै आगमी कार्यक्रममा सबै जिल्ला बासीलाई आमन्त्रण गर्ने बताए ।
कार्यक्रममा उपस्थितीहरुले देउसी भैलो समेत खेलेर मनोरञ्जन गरेका थिए । कार्यक्रममा प्रेम कुमार गुरुङ्ग, मिलन गुरुङ्ग, गोबिन राना, मित्र राना र बलराम राईले विशेष सहयोग गरेको युएर्ई स्थित गणेश महतराले जानकारी दिए ।




