खाँदबारी, संखुवासभाको सदरमुकाम खाँदबारीमा यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा महिला अधिकारको सुनिश्चितताको लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार समाज बिकास केन्द्र (सोडेक) र आइपास नेपालको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा सोडेक/आइपास नेपालका कार्यक्रम अधिकृत कमानसिं राईले यौन तथा प्रजनन् स्वास्थ्य र सुरक्षित गर्भपतन सेवा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले जिल्लामा १६ वटा सुचीकृत स्वास्थ्य स्वास्थ्य रहेको जानकारी दिदै ति संघसंस्थाहरु आमा महिला दिदिबैनीहरुलाई सुरक्षित रुपमा गर्भपतन गराउन स्वास्थ्य संस्था जान अनुरोध गरे । कार्यक्रममा विश्वमा हुने असुरक्षित गर्भपतन र जिल्लाको १० वटा पालिका र जिल्ला अस्पतालमा सुरक्षित गर्भपतन गराउने आउनेहरुको अवस्थाको बारेमा तथ्याङ्क समेत प्रस्तुत गरेका थिए । पछिल्लो समय संखुवासभा जिल्लामा सुरक्षित गर्भपतन गराउने संख्यामा बिस्तारै बृद्धि हुर्दै गएको जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा सहभागीहरुले संयुक्त रुपमा ७ बुदे प्रतिबद्धता पत्र समेत निर्णय गरेका थिए । नेपालको संविधान २०७२ को धारा ३८ ले प्रत्येक महिलालाई सुरक्षित माृतत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हुनेछ भनी प्रजनन् स्वास्थ्यलाई सुरक्षित, सर्वसुलभ र पहुँचयोग्य बनाउने पहल र पैरवी गर्ने, जिल्लाको १० वटै नै स्थानीय तहमा स्वास्थ्य निती तयार गर्न आग्रह गर्ने, लिङ्ग पहिचानको आधारमा गर्भपतन गर्न नहुने ब्यबस्थाको पालना गर्न लगाउने लगायतका प्रतिबद्धता ब्यक्त गरिएको समाज बिकास केन्द्र सोडेकका अध्यक्ष मेनुकाले श्रेष्ठले जानकारी दिइन् । उनले जिल्लामा सुरक्षित गर्भपतन सेवाको बारेमा सोडेक र आइपास नेपालले उल्लेख्य काम गरिरहेको जानकारी दिइन ।
उक्त कार्यक्रममा संखुवासभा जिल्लाका विभिन्न संघसंस्थाका सरोकारवाला महिलाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथीको रुपमा जिल्ला समन्य समितिका उपप्रमुख अम्बिका खवासको उपस्थिती रहेको थियो । त्यसैगरि कार्यक्रममा अन्तरपार्टी महिला संजाल, भोटिया समाज, अरुण महिला तथा बचत ऋण सहकारी संस्था, नेवाःदेयःदबुः, सामुदायिक बन उपभोक्ता महासंघ, मानवअधिकार समाज, एकल महिला, सिर्जनशील सामुदायिक केन्द्र र पत्रकारको समेत उपस्थिती रहेको थियो ।







