काठमाण्डौ, सोमबार कोरियन वन र कुवेती दिनारको मूल्य केही पैसाले घटेको छ भने अरु मुद्राको भाउ घटबढ भएको छैन ।

नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ११० रुपैयाँ ५४ पैसा तोकेको छ ।

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३१ पैसा र बिक्रीदर २९ रुपैयाँ ४७ पैसा छ । हिजो कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २० पैसा र बिक्रीदर ३० रुपैयाँ ३६ पैसा रहेको थियो ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३० रुपैयाँ १० पैसा छ । हिजो आइतबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ६९ पैसा र बिक्रीदर २६ रुपैयाँ ८३ पैसा थियो ।

सोमबार कोरियन वनको मूल्य आइतबारको भन्दा केही पैसाले घटेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ २८ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा छ । हिजो खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा थियो ।

यस्तै कुवेती दिनारको मूल्य पनि घटेको छ । सोमबार कुवेती दिनार १ को खरिददर ३६० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ७४ पैसा रहेको छ । आइतबार यसको १ को खरिददर ३६१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ३ पैसा थियो । बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ६३ पैसा र बिक्रीदर २९३ रुपैयाँ २२ पैसा छ ।

तपाईको प्रतिक्रिया