संखुवासभा, संखुवासभाको सभा र पिलुवा खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । सभा खोला स्थित दिव्यश्वरी हाइड्रोपावरका कृष्ण निरौला खोलामा डुबेको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
मोरङ जिल्ला सुन्दरहरैचा नगरपालिका १ घर भएका निरौला हाइड्रोपावरमा काम गर्दै आएका थिए । १७ गते बेलुका देखि बेपत्ता भएका निरौला आइतबार खोलामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
यस्तै चैनपुर नगरपालिका वडा न १ स्थित पिलुवा खोलामा नुनढाकी पहिरेकी आसमाया लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।