काठमाडौं, भारतको उत्तराखण्डमा आएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये ५० जनाको शव भेटिएको छ ।

भेटिएका शवमध्ये अहिलेसम्म २५ जनाको मात्रै पहिचान भएको स्थानीय प्रहरी अधिकारीहरूले जानकारी दिएका छन् । ‘कूल शवमध्ये १२ वटा शव आइतबार भेटिएको हो, तीमध्ये पाँच वटा तपोवन सुरुङमा, छ वटा रानीवन गाउँमा र अर्को एउटा शव रुद्रप्रयागमा भेटिएको हो,’ प्रहरी कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । ती सबै शवको पहिचान भइसकेको छ । यसमा नेपालीहरु छैनन् ।

तपाईको प्रतिक्रिया