संखुवासभा, ट्राफिक प्रहरीले प्रेसर हर्न निषेध अभियान संचालनमा ल्याएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालयको तदारुकतामा सोमबारबाट प्रदेशभर एकसाथ अभियान थालिएको छ । सोही अनुरुप ट्राफिक प्रहरी कार्यालय संखुवासभाले पनि राजमार्गमा सवारीका साधन रोकेर प्रेसर हर्न नबजाउन आग्रह सहित चालक लक्षित कार्यक्रम गरेको छ ।

ठूला सवारी तथा मालबाहक साधनमा प्रेसर हर्न राखेर ध्वानी प्रदूषण भईरहेकोले प्रेसर हर्न हटाउन र हर्न नबजाउन ट्राफिकले अनुरोध गरेको छ । अनावश्यक हर्न बजाउँदा ध्वनी प्रदुषण हुने भन्दै उनीहरुले हर्न निषेध अभियान सुरु गरेको हो ।

ट्राफिक प्रहरी कार्यालय संखुवासभाका इन्चार्ज मान बहादुर खत्री सहित नेतृत्वको टोलीले खादबारी तुम्लिङटार सडक खण्डमा अभियान अन्र्तगतको कार्यक्रम संचालन गरेको छ ।
ट्राफिकले यात्रु बस तथा मालबाहक ट्रक लगायतका सवारीका साधन रोकेर चालकलाई नमस्कार गर्दै अभियानको बारेमा जानकारी गराएको छ । सो क्रममा ट्राफिकले चालक समक्ष ध्वनी प्रदुषण रोक्नको लागि अभियान कार्यान्वयनमा साथ दिन अनुरोध पनि गरेको छ ।

तपाईको प्रतिक्रिया