भोजपुर। कोरियामा कार्यरत एक नेपालीको बिहीबार कार्यस्थल दुर्घटनामा परि ज्यान गएको छ । ज्यान जानेमा भोजपुर घर भई याङसानमा कार्यरत तिर्थ पाण्डे रहेका गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जिव राईले जानकारी दिए ।
काम गरिरहेकै अवस्थामा मेसिनमा टाउको च्यापिएर उनको घटनास्थलमै ज्यान गएको सहकर्मीलाई उद्धृत गर्दै राईले बताए । ईपीएस मार्फत कोरिया आएका उनी ६ वर्षदेखि कार्यरत थिए ।

फलाम काट्ने काम हुने उक्त कम्पनीमा पटक पटक दुर्घटना दोहोरिने गरे पनि बोनस मनग्य पाइने लोभमा नेपाली कामदारले काम गरिरहेका राईले बताए । सोहि कम्पनीमा दुर्घटनामा परि गत वर्ष पनि एकजना नेपालीले एउटा हात गुमाएका थिए ।
मृतक पाण्डेको शव याङसान अस्पतालमा राखिएको छ । घटनाका विषयमा नेपाली दूतावासलाई जानकारी गराईसकिएको र दूतावासले परिवारलाई खबर गर्ने तथा अन्य कानुनी प्रकृया जारी रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया