भोजपुर– जनताको सेवा गर्न सांसद र मन्त्री पद नचाहिने प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सुनसरी जिल्ला पार्टी र भोजपुर बाट प्रतिनिधि सभाको लागि उमेदवार सिफरिस गरेपछि मुख्यमन्त्री राईले उक्त कुरा बताएका हुन् ।

मुख्यमन्त्री राईले आफ्नो सामाजिक सञ्जाल मार्फत लेखेका छन् आफ्नो जन्म र कर्मथलो भोजपुर हो । भोजपुर भन्दा अन्य निर्वाचन क्षेत्रबाट सांसद उमेदवार हुने मेरो सम्भावना कम छ । भोजपुरप्रति मेरो धेरै माया छ सांसद र मन्त्री पद नहुँदा पनि जनताको सेवा गर्न सकिने राईको भनाई छ । अहिले भोजपुरे जनताको मायाले प्रदेश नं. १ को मुख्यमन्त्री भएको छु भोजपुरे जनताको माया र विश्वास रहेसम्म अन्य ठाउँबाट सांसद वा मन्त्री हुने चाहाना नरहेको उनले प्रष्ट पारेका छन् ।

साथै सजिलो हुँदा उछिन पाछिन गर्ने र अफ्ठ्यारो पर्दा भाग्ने आफु नरहेको राईले बताएका छन् । पार्टीको निर्देशन सांसद नउठनु भन्ने भयो भने सांसदको उमेदवा नहुने र पार्टीको निर्देशन अनुसार जस्तो सुकै अफ्ठ्यारो ठाउँमा पनि आफु उमेदवार हुन तयार रहेको राईले प्रष्ट पारेका छन् ।

भोजपुर र सुनसरीबाट जिल्ला पार्टीले आफ्नो मुल्याङ्कन गरेर उमेदवारको लागि सिफारिस गरेको हो यसमा मेरो कुनै पनि ईच्छा, चाहाना, माग केहि पनि छैन । पार्टीको ईमान्दार कार्यकर्ता हुँ पार्टी अहिले गठबन्धनमा छ गठबन्धनमा जस्तो निर्णय हुन्छ त्यस्तै मानेर जाने समेत मुख्यमन्त्री राईले बताएका छन् ।

मुख्यमन्त्री राईको सामाजिक सञ्जालमा रहेको स्टाटस जस्ताको तस्तै हेर्नुहोस ः

भ्रम नहोस !
मंसिर 4 गते हुन लागेको चुनावको लागि म राजेन्द्र राइको नाम म सम्लग्न रहेको पार्टिको तर्फबाट साम्सद उम्मेदवारीको लागि मेरो गृह जिल्ला भोजपुरको अलवा सुनसरी क्षेत्र 1 बाट समेत सिफारिस भएको बारे केही कुरा प्रष्ट पार्न जरुरी ठानेको छु:
1: दुबै जिल्लाबाट भएको सिफारिस नितान्त पार्टीको आफ्नो मुल्यांकन/ चाहनाको आधारमा भएको हो यसमा मेरो कुनै हात/इसारा/सन्केत/माग/चाहना जोडिएको छैन /
2. म पार्टीको एक अनुशासित कार्यकर्ता भएको नाताले पार्टीको निर्णय मैले सधै मान्न पर्छ नै र अहिले खास उदेस्यका लागि हाम्रो पार्टी गठबन्धनमा छ, गठबन्धनबाटै चुनाव लड्ने निर्णयमा छ त्यसैले उम्मेद्वारीको हकमा गठबन्धनबाट गरिने जुनसुकै निर्णय पनि मानेर जान म तयार छु, गठबन्धनभित्र उछिनापाछिन गर्ने पक्षमा म छैन / नेताले चुनाव लड्नै पर्छ/ साम्सद बन्नै पर्छ भन्ने नि छैन, पार्टी र गठबन्धनले मलाइ उम्मेदवार नबनाउने निर्णय गर्यो भने म उम्मेदवार नबन्न तयार छु !
3. भोजपुर मेरो जन्म, कर्म र अहिले प्रतिनिधित्व गरिरहेको जिल्ला हो, भोजपुरप्रति मेरो अगाध माया छ, भोजपुरे जनताले मलाई माया र बिस्वास गरीराख्नु भएको छ, त्यसैले भोजपुर छाडेर अन्यत्र उम्मेदवार बन्ने मेरो 0.1 प्रतिशत पनि चाहना/सोच छैन / भोजपुरे जनताले माया र बिस्वास गरेसम्म म साम्सद/मन्त्री केही नभई भुइमा बसेर नि भोजपुरे र भोजपुरे जनताको सेवा गर्न चाहन्छु! त्यसैले साम्सद/मन्त्री बन्न अन्त जाने मेरो कुनै सोच/चाहना छैन /
4. सजिलो देख्दा उछिनापछिन गर्ने अप्ठेरो देख्दा भाग्ने मानिस म होइन, पार्टीको निर्देसन भयो भने जस्तासुकै अप्ठ्यारोमा उम्मेदवार बन्न र काम गर्न तयार छ/ अप्ठ्यारो देखेर पन्छिन्छ कि त्यस्तो कसैले नठान्नु होला !
बात बाकी पछि ! धन्यवाद !

तपाईको प्रतिक्रिया