भोजपुर– प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव रहेका राईको आमाको उपचारको क्रममा सोमबार बिहान मोरङ सहकारी अस्पतालमा निधन भएको हो । राईको आमाको ८४ बर्षको उमेरमा सोमबार बिहान १०ः२५ बजेमा निधन भएको हो ।

मुख्यमन्त्री राईको आमा निकै समय अगाडीदेखि बिरामी रहेकी थिईन् । मुख्यमन्त्री राईले आमाको थप उपचारको लागि केहि दिन अगाडी हेलिकप्टर मार्फत मोरङ सहकारी अस्पताल लगेका थिए ।

तपाईको प्रतिक्रिया