भोजपुर — भोजपुरको षडानन्द नगरपालिकामा भुकम्प पुनरावेदकहरूको पुनरावेदन समबन्धि न्यायिक अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । षडानन्द नगरपालिकाको दिङ्ला बजारमा जनप्रतिनिधि, वडा सचिव, कर्मचारी साथै पत्रकारहरुसंगको अन्तरसंवाद बहुद्धेश्यीय भवनमा सम्पन्न भएको हो ।
कार्यक्रममा पुनरावेदन समितिका सदस्य भिष्मराज कडरिया र चन्द्रकान्त पौड्यल साथै सघन सहरि तथा भवन निर्माण आयोजना धनकुटाका प्राविधिक ददिराम श्रेष्ठको उपस्थिति रहेको थियो । यता षडानन्द नगरपालिकाका नगर प्रमुख सुरेन्द्र कुमार उदास, उपप्रमुख प्रमिला राइ, प्रमुख प्रशासकिय अधिकृत विनोद कुमार भण्डारी, १४ वटै वडाका वडा अध्यक्ष तथा वडा सचिबहरू, कार्यपालिका सदस्यहरू लगायत कर्मचारि तथा संचारकर्मिहरूको उपस्थिति रहेको थियो।
२०७२ वैषाख १२ गत्ते गएको भुकम्पका कारण क्षति भएको धनजनको क्षतिपुर्ति तथा राहत स्वरुप भुकम्प प्राधिकरणले पुननिर्माण काम गर्दै आएको छ । हाल सम्म ७ बर्ष वितिसक्दा समेत भुकम्पले क्षति पु¥याएको संरचनाको पुनः निर्माण भईसकेको छैन । पहिलो चरणमा लाभग्राहि सुचिमा नपरेकाहरूले प्राधिकरणले तोकेको अन्तिम म्याद सम्म ६३ हजार गुनासो फारम प्राप्त भएको थियो । गुनासो पुनरावेदन दिएकाहरूलाइ कसरि सिघ्र न्याय दिन सकिन्छ भन्ने बिषयमा केन्द्रित अन्तरसंवाद कार्यक्रममा बोल्ने क्रममा अधिकांस सहभागिहरूले राजनैतिक पहुँचका कारण टाठा बाठाहरूलाई लाभग्राहिमा समेटिएको र वास्तविक पिडितहरूले न्याय पाउन नसकेको भन्दै गुनासो पोखेका थिए ।
कार्यक्रममा बोल्ने क्रममा नगरपालिकाकी उप–प्रमुख प्रमिला राईले जनतालाई अफ्ठ्यारो पर्दा सहज वातावरण बनाउनु पर्ने बताईन् । यस्तो अवस्थामा जनतालाई सहज हुने प्रक्रिया अपनाउनु पर्ने उप–मेयर राईको भनाई थियो ।
सर्वसाधारण मानिसको लागि जनप्रतिनिधि हो पहुँच हुनेको भरमा काम हुने तरिका गलत छ । जनप्रतिनिधिहरुले दुःख नपाउने गरि जनप्रतिनिधिहरुले सगाउनु पर्छ जो दुखीः छ पिडित छ गरिब छ उनिहरुको आवाज बनेर सहयोग गर्नु पर्ने मेयर सुरेन्द्र कुमार उदासले बताए ।