भोजपुर –प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राई यस बर्षको दशैंमा घर नआउने भएका छन् । आफु गाउँघर आउँदा आफ्नो सुरक्षामा खटिएका सुरक्षाकर्मी साथै अन्य विभिन्न व्यक्तिहरु धेरै जना गाउँ गएर परिवार संग दशैं मान्न नपाउने भएकोले मुख्यमन्त्री राई गाउँ नआउने भएका छन् । मुख्यमन्त्री राईले आइतबार साँझ आफ्नो सामाजिक सञ्जाल मार्फत उक्त जानकारी गराएका छन् ।

मुख्यमन्त्री राईले लेखेका छन् क्याम्पस पढ्न ४४ सालमा गाउँ छोडेदेखी अहिले सम्म यो दशैं सहित ३५ ओटा दशै आएछ । ६० सालमा दशै मान्न आउँदा माओवादीको अपहरणमा परेर ६१ सालको दशैंमा आफु गाउँ नआएको नत्र अन्य सबै दशै गाउँघरमा आमा बुवाको काखमा मनाउँदै आएको थिए । अहिले मातृशोक छ (गएको भाद्र महिनाको २० गने मुख्यमन्त्री राईको आमाको ८४बर्षको उमेरमा निधन भएको थियो) दशैं रोकियो दशै रोएिपनि बुवा घरमा हुनुहुन्छ दिदि हुनुहुन्छ ईष्टमित्र आफन्तसंग भेटघाट हुन्थ्यो तर आफु गाउँ आउँदा अरु गाउँ जान नपाउने भएकोले आफु गाउँ नआउने बताएका छन् ।

मुख्यमन्त्री राईले अन्त्यमा लेखेका छन् सबैको भलो मेरो भलो आमाले सिकाएको पाठ हो भनेर लेखेका छन् । साथै दशैं सबैको राम्रो होस भनेर शुभकामना समेत व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया