भोजपुर– वडा खेलकुद विकास समितिको आयोजनामा दोस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । षडानन्द नगरपालिका वडा नं. ६ वडा खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सुरु भएको हो । स्वास्थ्य र शिर्जनशिल युवाको लागि खेलकुद, खेलकुदको लागि युवा भन्ने नाराका षडानन्द नगरपालिका वडा नं. स्थित घ्याम्पे रंगशालामा प्रतियोगिताको उद्घाटन भएको हो ।

प्रतियोगिताको उद्घाटना षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासले गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका मेयर सुरेन्द्र उदास थिए भने नगरपालिकाकै उपप्रमुख प्रमिला राई विशेष अथिति रहेको थियो । आज उद्घाटन संगै उद्घाटन खेल भएको छ भने भोलि ७ बजेबाट प्रतियोगिताको खेल सुरु हुने छ । शुभ दिपावलीको अवसरमा आयोजित प्रतियोगितामा २० टिम सहभागि भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले ५१ हजार १ सय ५१ रुपैँया नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाउने छन् भने द्धितीय हुने टिमले ३१ हजार १ सय ३१ रुपैयाँ साथमा मेडल र प्रमाण पत्र पाउने छन् । यता सेमिफाईनल खेलमा प्रवेश गर्ने सेमिफाईनलिष्ट २ टिमले नगद रु १० हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।

प्रथम नगद पुरस्कार अमेरिका निवासी ई. प्रेम विक्रम सिं बस्नेत, द्धितीय नगद पुरस्कार ई.मकुन बस्नेत जर्मन र माल्टाबाट सुजन बस्नेतले सेमिफाईनलिष्ट नगद पुरस्कार सौजन्य गरेका छन् ।

 

तपाईको प्रतिक्रिया