भोजपुर– दोस्रो खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधी जनचेतना अभियान क्लबले आफ्नो पोल्टामा पार्न सफल भएको छ । आज भएको फाईनल खेलमा ठाकुरपाल स्मृति क्लबलाई २–१ गोलले उपाधी आफ्नो पोल्टामा पार्न सफल भएको छ । जनचेतना अभियान नेपालले उपाधी चुम्दा ठाकुरपाल स्मृति क्लबले उप विजेतामा चित्त बुझाएका छन् ।

यता अरुण माध्यमिक विद्यालय र षडानन्द नगरपालिका वडा नं. ७ सेमिफाईनलिष्ट भएका छन् । कार्तिक ४ गते सुरु भएको दोस्रो खुल्ला प्रतियोगिता आज षडानन्द नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सुमन विशुंकेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद पुरस्कार ५१ हजार १ सय ५१ रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । द्धितीय हुने टिमले ३१ हजार १ सय ३१ रुपैयाँ साथमा मेडल र प्रमाण पत्र पाउने हात पारेका छन् । यता सेमिफाईनल खेलमा प्रवेश गर्ने सेमिफाईनलिष्ट अरुण मावि र षडानन्द नगरपालिका वडा नं. ७ ले नगद रु १० हजार साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

प्रथम नगद पुरस्कार अमेरिका निवासी ई। प्रेम विक्रम सिं बस्नेत, द्धितीय नगद पुरस्कार ई।मकुन बस्नेत जर्मन र माल्टाबाट सुजन बस्नेतले सेमिफाईनलिष्ट नगद पुरस्कार सौजन्य गरेका हुन् ।

तपाईको प्रतिक्रिया