भोजपुर– भोजपुरबाट गठबन्धनका उमेदवारलाई जसरी भएपनि जिताउनु पर्ने तरुण दलका पुर्व केन्द्रिय उपाध्यक्ष उत्तम चापागाँईले बताएका छन् । निर्वाचन प्रचार तथा जन भेटगाट कार्यक्रममा बोल्दै चापागाँईले उक्त कुरा बताएका हुन् ।
उनले मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा कुनै पनि हालतमा गठबन्धनका उमेदवारलाई जिताउनु पर्ने बताएका छन् । उन्ले गठबन्धनबाट प्रदेश सभा सदस्यको लागि टिकट नपाएपछि स्वतन्त्र उमेदवारी दिएका थिए तर उन्ले पार्टीको ईमान्दार कार्यकर्ता भएको कारण पार्टीको निर्णय अनुसार अगाडी बढ्ने भएकोले आफ्नो उमेदवारी नरहेको उन्ले बताएका छन् ।
गठबन्धनका उमेदवारहरु एकमात्र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र रहेको भोजपुरमा नेकपा माओवादी केन्द्रका सुदन किराती उमेदवार छन् । क्षेत्र नं. (क) मा एकीकृत समाजवादीका राजेन्द्र राई र क्षेत्र नं. ख मा नेपाली काग्रेसका विनोद वान्तावा उमेदवार रहेका छन् । गठबन्धनका साझा उमेदवारलाई जिताउन चापागाँई अहिले गाउँ गाउँमा भएको निर्वाचन प्रचार तथा जन भेटगाटका कार्यक्रमहरुमा सहभागी भईरहेका छन् ।