भोजपुर– भोजपुरको विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारलाई जिताउनु पर्ने कांग्रेसका नेता बावुराम बस्नेतले बताएका छन् । गठबन्धन दलको जन भेटघाट कार्यक्रममा संवोधन गर्दै उन्ले उक्त कुरा बताएका हुन् ।

गठबन्धन दलको तर्फबाट प्रतिनिधि सभा सदस्यका उमेदवार सुधन किराती, प्रदेश सभा सदस्यका उमेदवार विनोद वान्तवा मन्त्री हुने पक्क भएकोले जिताउन आवश्यक भएको बस्नेतले बताएका छन् । यता निर्वाचन क्षेत्र नं. क बाट उमेदवार दिएका गठबन्धनका उमेदवार राजेन्द्र राईलाई जिताए भोजपुरको विकास छिटो हुने बस्नेतको भनाई छ ।

शेरधन राईले साढे तीन बर्षमा छुट्याएको बजेट र राजेन्द्र राई एकै बर्षमा हालेको बजेटलाई हेर्ने हो भने आकास पातलको फरक छ । प्रदेशको फजुल खर्च कटाएर शेरधन राईको पालामा हुने बजेट भन्दा ८ अरब बडीको बजेट राजेन्द्र राईले निर्माण गरे । भोजपुरमा शेरधन राईको पालामा भन्दा राजेन्द्र राईको पालामा ठुला विकासका योजना धेरै परेको छ । त्यसैले गठबन्धनका उमेदवारलाई भोजपुरवासीहरुले जिताउन आवश्यक रहेको बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया