भोजपुर– राजेन्द्र कुमार राई बौद्धिक, भद्र, शालिन, विकासप्रेमी र सरल जिवनशैली भएका नेता मानिन्छन् । २०२७ साल असार १५ गते भोजपुर जिल्लाको किमालुङ गा.वि.स.सुर्केमा जन्मिएका राईको हाल षडानन्द नगरपालिका ११ झ्याउँपोखरी बसोवास छ । करिब ४ दशकको राजनिति यात्रामा रहेका राई गणतन्त्र आन्दोलनका अगुवा हुन् ।

गणतन्त्र प्राप्तिको लागि भएको २०६२÷६३ को आन्दोलनको एक अगुवा, नायक, प्रस्तावक कुनै पनि परिचयले अहिले राई परिचित छन् । उनै राई २०७४ मा भएको संघ र प्रदेशको निर्वाचनमा भोजपुर जिल्लाको निर्वाचन क्षेत्र क बाट प्रदेश सभा सदस्य विजयी भएका थिए । राई नेकपा –एमाले) र नेकपा –माओवादी) बिच एकता भई बनेको नेकपा रहँदा केन्द्रिय सदस्य तथा संखुवासभा जिल्ला ईन्चार्ज रहेका थिए ।

हाल उनि माधव कुमार नेपाल अध्यक्ष रहेको नेकपा(एकीकृत समाजवादी)को केन्द्रिय सचिव भएका छन् । उनि सत्ता गठबन्धनमा रहेर २०७८ कार्तिक १६ गते प्रदेश नं. १ का मुख्यमन्त्री भएको हो । अहिले उनै मुख्यमन्त्री राई भोजपुर र प्रदेश नं. १ लाई समृद्ध बनाउने खाका सहित निर्वाचनमा होमिएका छन् ।

मुख्यमन्त्री राईले नेकपा एमालेका केन्द्रिय सदस्य हरि बहादुर राईसंग चुनाव लड्दै छन् । झण्डै दुई दशक अगाडीनै केन्द्रिय राजनितिमा पहुँज पु¥याएका राई अहिले प्रदेश नं. १ को मुख्यमन्त्री हुने गरि प्रदेश सांसदमा चुनाव लड्दै छन् । भोजपुर विकासको लागि आफु एक बर्ष मात्रै मुख्यमन्त्री हुँदा पनि धेरै ठुला ठुला विकासे बजेट विनियोजन गर्न सफल भएको राईको भनाई छ ।

उन्को भावि योजना अरुण नदिमा पक्कि पुल निर्माण गरि भोजपुरदेखि सिधै तुम्लिङटार, लेगुवा हुँदै धनकुटा, धरान देखि काठमान्डौ सम्म यात्रा गर्न सकिने काम गर्ने । सत्तिघाट, दिङ्ला र दिङ्ला भोजपुको सडक कालोपत्रे जस्ता ठुला योजना छन् । अन्य भोजपर ठुला सडक हसनपुर देखि घोडेटार दिङ्ला सडक कालोपत्रे, फालिदोबाटो तुर्के सडक कालोपत्रे सम्पन्न गर्ने उन्ले बताएका छन् ।

राई मुख्यमन्त्री भएपछि भोजपुरमा धेरै ठुला बजेटहरु परेका छन् । शेरधन राई साढे तीन बर्ष मुख्यमन्त्री हुँदा साढे ११ करोड मात्र बजेट परेको सडकलाई उन्ले एकै कार्यकालमा १६ करोड, दिङ्ला–तिन्तले र तिन्तले भोजपुर सडक ८ करोड, बञ्चरे देखि देउराली सडकलाई ५ करोड र हिले भञ्ज्याङ बोया, साङपाङ सडकलाई ५ करोड जस्ता ठुला बजेट भोजपुरलाई विनियोजन गरेको छ ।

यस्ता ठुला ठुला विकासे बजेट र दिगो विकास प्रति चासो देखाउने सरल सादगी जिवन र भोजपुर प्रतिको मायाको कारणले राईलाई जित निकाल्न सहज देखिन्छ ।

 

 

तपाईको प्रतिक्रिया