भोजपुर– भोजपुरमा नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उमेदवार शेरधन राईले पराजय बेहोरेपनि मतदाताहरुलाई धन्यवाद दिएका छन् । पराजय भएपनि भोजपुरको विकासमा आफ्नो जहिल्यै ध्यान हुने राईले बताएका छन् । शुक्रबार जिल्लाको सदरमुकाम स्थित बल गेष्ट हाउसमा पत्रकार सम्मेलन गर्दै मतदाताहरुलाई धन्यवाद दिएका छन् ।

उनले निर्वाचनको समयमा खट्ने सम्पुर्ण नेता, कार्यकर्ता, निर्वाचन आयोग, प्रहरी, प्रशासन देखि भौतिक तथा नैतिक सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । भोजपुरे जनताले आफुलाई गरेको विश्वास र माया अर्शिवाद सधै रहिरहने र पछि विजयी उमेदवारले केहि गर्न नसक्दा शेरधन राई र एमाले सम्झनामा आउने पनि राईको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

उन्लले भने चुनावमाहारजीत हुन्छ सामान्य र स्वभाविक कुरा हो एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार नेताको हिसावले जनताको अभिमत अर्थात निर्वाचन परिणामलाई सहर्ष स्वीकार गरेकोछु । म पराजीत भएर मलाई केही फरक परेको छैन । तर जिल्ला र भोजपुरवासीलाई फरक पर्न गएमा पक्कै पनि अफसोज हुनेछ । म चाहन्छु त्यो नहोस । सबै मतदाता, सर्मथकशुभेच्छुकहरुलाई निर्वाचन परिणामका कारण निराश नहुन हार्दिक आव्हानगर्दै आगामीदिनमानयाँ ढंगले अगाडी वढने बिश्वास दिलाउन चाहन्छु ।

तपाईको प्रतिक्रिया