भोजपुर– राष्ट्रपति विद्यादेवी भण्डारी माघ २५ गते भोजपुर भ्रमणको लागि आउने भएको छ । भोजपुरको ऐतिहासिक षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकामा रहेको ऐतिहासिक तथा धार्मिक क्षेत्रको भ्रमण गर्न आउने भएको हो ।

भ्रमणको क्रममा समाज सुधारक योगमायाको न्येउपानेको तपोभुमि तथा योगमाया लगायत ६६ जनाले जल समादी लिएको स्थानको, १०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्म स्थान साथै ऐतिहासिक तथा धार्मिक क्षेत्र दिङ्लाको भ्रमण हुनेछ ।

भ्रमणको क्रममा षडानन्द नगरपालिका वडा नं. ७ मा १०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्म स्थानमा अधिकारीको शालिकको अनावरण समेत गरिने कार्यक्रम रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको भ्रमणको लागि आवश्यक तयारीको लागि आज षडानन्द नगरपालिकामा पालिका स्तरीय सर्वदलीय बैठक सम्पन्न भएको छ ।

षडानन्द नगरपालिकाका मेयर सुरेन्द्र कुमार उदासको अध्यक्षतामा सम्पन्न बैठकले आवश्यक पर्ने सम्पुर्ण व्यवस्थापन तथा गर्नुपर्ने तयारीको लागि छलफल गरेको छ । राष्ट्रपतीको भ्रमण गौरवमय भएकोले सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गरेर भ्रमण कार्य सभ्य बनाउन मेयर उदासले अनुरोध गरेका छन् ।

तपाईको प्रतिक्रिया