भोजपुर । राष्टपति विद्यादेबी भण्डारीले बालागुरु र विदुषी योगमाया न्येउपानेको प्रतिमा अनावरण गर्नु भएको छ । षडानन्द नगरपालिका वडा नं. ७ मा १०८ आबाल ब्रम्हाचारी षडानन्द अधिकारीको जन्म स्थानमा राखिएको प्रतिमा बुधबार राष्टपति विद्यादेवी भण्डारीले गर्नु भएको हो ।

जिल्लाको उत्तरी क्षेत्र षडानन्द नगरपालिका स्थित बालागुरु षडानन्द अधिकारीको जन्मथलो दिङ्ला र सामाजिक अभियन्ता योगमायाको कर्मभुमि तथा समाधिस्थल मझुवाबेँसी र गौंडेनीको भ्रमणका लागि राष्ट्रपति भण्डारी बुधबार हेलिकप्टरबाट भोजपुर आउनु भएको हो ।

राष्ट्रपति भण्डारीबाट साल्पासिलिछो गाउँपालिकाको वडा नम्वर १ कुलुङको गौडेनीमा रहेको नेपालको प्रथम समाज सुधारक विदुषी महिला योगमाया न्यौपानेको शालिक अनावरण साथै पशुपति धाम गौडेनीमा पूजा अर्चनासहित योगमाया स्मृति प्रतिष्ठानको अवलोकन समेत गर्नु भएको थियो ।

भ्रमणकै क्रममा राष्ट्रपति भण्डारीबाट षडानन्द नगरपालिका वडा नम्वर १ मझुवाबेसीमा रहेको योगमायाको समाधी स्थलमा माल्यार्पण र अवलोकन समेत भएको थियो । षडानन्द नगरपालिका वडा नम्वर ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको जन्म भएको स्थानमा राष्ट्रपति भण्डारीले अधिकारीको शालिक अनावरण तथा शालिकमा माल्यार्पण गर्नु भएको थियो ।

सोहीक्रममा राष्ट्रपति भण्डारीले कैलाश डाँडामा रहेको गुरुकुल र जनस्तरबाट स्थापना गरिएको नेपालको पहिलो पाठशाला षडानन्द माध्यमिक विद्यालय र त्यसको नजिकै रहेको अरुण माविको समेत अवलोकन गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया