भोजपुर– रुद्राक्ष व्यवसायी संघ केन्द्रिय समितिको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा साधारण सभा सम्पन्न भएको हो । राजधानीमा बुधबार एक कार्यक्रमका बिच बार्षिक साधारण सभा सम्पन भएको रुद्राक्ष व्यवसायी संघ भोजपुर जिल्ला उपाध्यक्ष शुशन सिं प्रधानले जानकारी दिए ।

साधारण सभामा रुद्राक्ष व्यावसायीले रुद्राक्षलाई बनवाट हटाई कृषिजन्य उत्पादनमा लैजानुपर्ने, रुद्राक्षको बजारीकरणको लागि सरकारले अन्तराष्ट्रिय बजारमा स्टल राख्नको लागि पहल गरिदिनुपर्ने र यस व्यवसायलाई भ्याटवाट हटाई पूर्णरुपमा प्यानमा रुपान्तरण गर्नको लागि पहल गरिदिन मन्त्री किराँती समक्ष माग राखेका थिए । मन्त्री किराँतीले रुद्राक्ष व्यावसायीका माग पुरा गर्नको लागि लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।

संघका अध्यक्ष मनोज चापागाईँको अध्यक्षतामा सम्पन्न साधारणसभामा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पुर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायत रुद्राक्ष व्यावसायीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम संघका सचिव उत्तम कटवालले सञ्चालन गरेकाथिए भने स्वागत मन्तव्य संघका उपाध्यक्ष अगम सिं राईले स्वागत मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया