भोजपुर– नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री सुदन किराँतीसंगको भेटघाट कार्यक्रममा रु १ सय ५० रुपैयाँ खर्च भएको छ । मन्त्री किराँतीको गृह जिल्ला उत्तरी क्षेत्र षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजारमा भएको भेटघाट कार्यक्रममा १ सय ५० खर्च भएको भेटघाट कार्यक्रमका सञ्चालक तथा नेकपा माओवादी केन्द्रका युवा नेता दावा शेर्पाले जानकारी दिएका छन् ।
मन्त्री किराँतीले जिल्ला आउनु अगाडीनै प्रमुख जिल्ला अधिकारी साथै फोन सम्पर्कमा रहेका मतदाता तथा शुभचिन्तकहरुलाई फुलमाला, खादा तथा विभिन्न सत्कारको समाग्री, गेट निर्माण नगर्न अनुरोध गरेका थिए । सोहि कारण मन्त्री किराँतीलाई भेट्न आउने मतदाता तथा सर्वसाधरण्को हातमा फुलको गुच्छा, माला र अविर थिएन ।
मन्त्री राईको भेटघाट कार्यक्रममा एउटा माईनुट र डटपेन र पिउने पानीमा १ सय ५० खर्च भएको नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष यङ्गराज राईले जानकारी दिए । खादा, फुलमाला तथा अविर जस्ता सत्कारका सामग्रीमा दैनिक राष्टपति, प्रधानमन्त्री, मन्त्री, सांसद, प्रदेश सांसद, मन्त्री, पालिकाका प्रमुख उपप्रमुख साथै वडाध्यक्षहरुलाई सम्मान र सत्कार गर्दा करोडौं खर्च हुने गरेको मन्त्री किराँतीको भनाई रहेको थियो । सोहि कारण मन्त्री किराँतीले सत्कारका लागि कुनै पनि सामग्री तयार नगर्न र यसले ठुलो रकम बचत हुने समेत भेटघाट कार्यक्रममा बताएका थिए ।