भोजपुर– पाँचौं मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधी भोजपुर नगरपालिका १० भैसीपंखाले आफ्नो पोल्टामा पारेको छ । भोजपुर सदरमुकामको स्थानीय टुँडिखेलमा बिहिवारबाट सुरु भएको पाँचौ मेयर कप महिला फुटबल प्रतियोगिताको उपाधी भैसीपंखाले आफ्नो पोल्टामा पारको हो ।

प्रतियोगितामा भैँसीपंखा विजेता हुँदा आर.एसी दमक उपविजेता बनेका छन् । आज आईतबार भएको फाईनल खेलमा भैँसीपंखाले १–० गोल अन्तरले हराउँदै विजेता बनेको हो । प्रतियोगिताको विजेता भोजपुर नगरपालिका १० भैंसीपंखाले नगद रु १ लाख ५५ हजार ५ सय ५५ र उप–विजेताले आर. एसी दमकले ५१ हजार ५ सय ५५ सहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी भोजपुर नगरपालिका वडा नं. १० भैंसीपंखाकी आरती भुजेल भएकी छिन् भने बेस्ट स्टाइकर आर.एसी दमककी सञ्जु तामाङ, बेस्ट मिल्ड फिल्डर आर.एसी दमककै सोनु लिम्बु, बेस्ट डिफेन्स विजेता टिमका अनिशा राई र बेस्ट गोल रक्षक रुपा थापा घोषित भएका छन् ।

भोजपुर जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा भोजपुर नगरपालिका १०, द सेभेन युथ क्लव धनकुटा, एन बी वाई एफसी सप्तरी, भोजपुर नगरपालिका ११, कन्काई झापा, रिमाचुङ्ग एजुकेशन एण्ड स्र्पोट एकेडेमी र आर एसी दमक गरी ७ वटा टिमको सहभागिता रहेको जिल्ला फुटबल संघ भोजपुरका अध्यक्ष प्रविन सुवालले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया