भोजपुर– नेपाल विद्यार्थी संघद्धारा दिङ्ला बजार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघ षडानन्द बहुमुखी क्याम्पस समितिको आयोजनामा भएको सरसफाई कार्यक्रम षडानन्द नगरपालिकाको केन्द्र दिङ्ला बजार क्षेत्र सरसफाई गरेर सम्पन्न भएको हो ।

सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय, षडानन्द नगरपालिकाकी उप–मेयर, वडा नं. ४ का वडाध्यक्ष, नेपाली कांग्रेस नगर समिति, क्याम्पसका विद्यार्थी साथै समाजसेवी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो । सरसफाई कार्यक्रम क्याम्पसदेखि सुरु भई मन्दिर, प्रहरी बिट, बैङ्क रोड, प्रशासन टोल, पुरानो नगरपालिका, मिलटोल साथै नगरपालिका क्षेत्रमा सरसफाई कार्यक्रम भएको नेवि संघ क्याम्पस समिति सभापति डिक बहादुर बस्नेतले जानकारी दिए ।

सरसफाई कार्यक्रम बिहान ७ बजेदेखि करिब १० बजेसम्म रहेको थियो । नेवि संघले आगमी दिनमा अझ सिर्जनात्मक तथा सन्देशमुलक काम गर्दे अगाडी बड्नु पर्ने नेपाली कांग्रेस नगर सभापति भिम तामाङले बताए । सरसफाई कार्यक्रममा षडानन्द नगरपालिकाको तर्फबाट आवश्यक पञ्जा र मास्क उपलब्ध भएको थियो ।

तपाईको प्रतिक्रिया