भोजपुर– शुक्रबार बिहान षडानन्द बहुमुखी क्याम्पसमा भएको घट्नामा गठबन्धन दलसंग आवद्ध विद्यार्थी संगठनहरुले संयुक्त रुपमा विज्ञप्ति सार्वजानिक गरेको छ । शुत्रबार बिहान त्रिभिको स्व.वि.यु निर्वाचन तालिका अनुसार संघ सगठन दर्ता गर्ने समयमा क्याम्पसमा सरकारी कर्मचारी तथा सरकारी सवारी साधनसहित क्याम्पसमा अनेरास्ववियुले राजनितिक प्रशिक्षण कार्यक्रम गरिरहेको समयमा गठबन्धन दलका नेताहरु पुगेर सोधखोज गर्दा गालि गलौज सहित हातपात गरेको विज्ञप्तिमा उल्लेख छ । क्याम्पसमा अनेरास्ववियुद्धारा आयोजित राजनिति प्रशिक्षण कार्यक्रममा क्याम्पसको समेत मिलेमतो रहेको विज्ञप्तिमा उल्लेख छ ।

अनेरास्ववियुद्धारा आयोजित राजनिति प्रशिक्षण कार्यक्रममा नगरपालिकाका कर्मचारी साथै ईलाका प्रशासन कार्यालय दिङ्लाका कर्मचारी समेतको उपस्थिति रहेको विज्ञप्तिमा उल्लेख भएको छ । सामान्यढंगबाट सोधखोज गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष, नेपाली कांग्रेसका सचिव, नेपाली कांग्रेसका क्षेत्रिय सचिव किशोर राईमाथि क्याम्पसका विद्यार्थी भुवन खत्री, निगम खत्री, पदम कार्की र नगरपालिकाका कर्मचारी गिरिजा कार्कीले आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ ।

क्याम्पसमा भएको घट्नाको कारणले विद्यार्थी माथि पर्न गएको असरप्रति विज्ञप्तिमा क्षमा मागेको उल्लेख छ । साथै सरकारी सवारी साधनको दुरुपयोग तथा नेपाल सरकारको तलब लिएर कुनै एउट संगठनको जिम्मेवारी लिएर आफ्नो कर्तव्य बिर्सने कर्मचारीहरुलाई सम्बन्धित निकायले छानबिन गरि कार्वाही गर्नु पर्ने विज्ञप्तिमा उल्लेख छ ।

साथै आक्रमण गर्ने दोषि उपर छानबिन गरि कार्वाही गर्न माग गरेका छन् यदि कार्वाही नभए जस्तो सुकै आन्दोलन मुल्य चुकाउने संयुक्त विद्यार्थीहरुको विज्ञप्तिमा उल्लेख छ । संयुक्त विज्ञप्तिमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेरास्ववियू क्याम्पस ईकाइ कमिटीका पदाधिकारीहरुले संयूक्त रुपमा दस्तखत गरि विज्ञप्ति सार्वजानिक गरेको छ ।

तपाईको प्रतिक्रिया