भोजपुर–बाँदर आतंक नियन्त्रणको लागि नेकपा माओवादी केन्द्रले भोजपुरमा रहेको ८१ वटा वडा, ९ वटा पालिका र जिल्ला प्रशासन कार्यालय मार्फत सरकारसमक्ष माग गरेका छन् । नेकपा माओवादी केन्द्रले जिल्ला प्रशासन कार्यलयमा जिल्ला कमिटीले, पालिकामा गाउँ तथा नगर पार्टी कमिटी र वडा कार्यालयमा वडा पार्टी कमिटीले बाँदर नियन्त्रणको मागसहित विज्ञप्ति हस्तातरण गरेको नेकपा माओवादी केन्द्र भोजपुर जिल्ला समन्वय सचिव बलभद्र राईले जानकारी दिए ।

किशानले दुखः गरि लगाएको कमाई फल्न, पाक्न, बालि उठाउन नपाई बाँदर खाईदिने नष्ट गरिदिने अझ बाली खानेमात्र नभई बाँदरले घरमासमेत आएर पाकेको भातको भाँडो बोक्ने, थाङ्ग्रा र बुइँगलमा थन्क्याइएको अन्नपात र सामानमा पनि क्षति पुगेपछि सरकार गुहारिएको माओवादी भोजपुरका नेता यङ्गराज राईले बताए ।

बाँदर आतंकका कारण उर्वर भुमि छोडेर बसाँई सर्नुपर्ने पलायन हुनुपर्ने जस्ता समस्याले गाउँवस्तीहरु खाली हुनसक्ने सम्भावनालाई ध्यानमा राखी विकराल परिस्थितिको समाधान गर्न उचित उपाया खोजीगरि समस्याको समाधान गर्न विज्ञप्तिमा सरकारसंग माग गरिएको छ ।

सरकारको तर्फबाट गम्भिर रुपमा बाँदर नियन्त्रण गर्न पहल नभए किशानहरु जस्तोसुकै कठोर कदम चाल्न तयार रहेका छन् र त्यसको नेतृत्व नेकपा माओवादी केन्द्रको हुने विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया