भोजपुर– जिल्ला प्रशासन भोजपुरद्धारा दिङ्ला बजार अनुगमन गरिएको छ । अनुगमनको क्रममा ४ बर्ष अगाडी नै म्याद सकिएको सामग्री समेत खाद्य तथा किराना पसलमा भेटिएको हो । जिल्लाकै उत्तरी क्षेत्रमा रहेको दोस्रो ठुलो बजारको १० ओटा खाद्या तथा किराना पसलमा अनुगमन गर्दा १५ हजार बराबरको खाद्य तथा खुद्रा सामग्री भेटिएपछि जफथ गरिएको छ ।
खाद्य तथा किराना पसलमा मसला जन्य पदार्थ, विभिन्न प्रकारका सस, साथै थोक तथा खुद्रा सामग्रीहरु लामो समय अगाडी नै म्याद सकिएको पाईएको हो । साथै बजारमा अनाधिकृत तरिकाले व्यपार गरिरहेको प्रज्वलनशिल पर्दाथहरु जस्तै पेट्रोल, डिजेल समेता २७ (२.२५ एम.एल) बोतल जफथ गरिएको छ ।
अनुगमनमा जिल्ला प्रशासन कार्यलयका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, षडानन्द नगरपालिकाका प्रतिनिधि, ईलाका प्रशासन साथै ईलाका प्रहरी कार्यालयको संलग्नता रहेको थियो ।
पटक पटकको बजार अनुगमनमा लार्पाबाही तरिकाले व्यापार भईरहेको पाईएकोले बजारको अनुगमन गरिएको हो । अब फेरी पनि यस्तै लापाईबाही गरेर व्यापार भएमा अर्काे पटकदेखि जरिवाना समेत हुन सक्ने प्रमुख जिल्ला अधिकारीले बताएका छन् ।