भोजपुर– पौवादुङमा गाउँपालिकाले आर्थिक बर्ष २०८०÷०८१ को लागि ३९ करोड बराबरको बजेट पारित गरेको छ । असार ९ गते शनिबार सम्पन्न भएको पालिकाको १३ औं गाउँसभाले ३९ करोड ९ लाख ९ हजार ९ सय रुपैया बराबरको बजेट पारित गरेको हो ।

गाउँसभाले संघि सशर्त अनुदान र विषयगत बजेट गरि ३९ करोड ९ लाख ९ हजार ९ सय बराबरको बजेट पारित गरेको छ । पालिकाले भौतिक पुर्वधारको शाखा ५ करोड ५५ लाख, सामाजिक विकाशमा २ करोड ६८ लाख, आर्थिक विकाशमा १ करोड १३ लाख २० हजार, वन तथा वातावरणमा २१ लाख ३० हजार, संस्थागत विकास सेवा प्रवाह सुशासन शाखा ६८ लाख ५३ हजार बजेट विनियोजन गरेको छ ।

सभा मार्फत चालु तर्फ २७ करोड ३० लाख ७४ हजार नौ सय र पुँजीगत तर्फ ११ करोड ७८ लाख ३५ हजार बराबरको बजेट गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले सार्वजनिक गरेकी हुन् । बजेटमा फुसको छानो हटाउने कार्यक्रमलाई पहिलो प्राथमिकतामा राख्दै खानेपानी र कृषि क्षेत्रको विकासमा बढी बजेट विनियोजन गरिएको उपाध्यक्ष राईले जानकारी दिइन् ।

पालिकालाई सशर्त अनुदान संघिय सरकारबाट १६ करोड ९७ लाख २० हजार, विशेष अनुदान संघबाटै १ करोड ५० लाख, समानिकरण अनुदान संघ ७ करोड ९६ लाख, संघिय सर्शत पुँजीगत अनुदान २३ लाख, स.घ समपुरक १ करोड ३५ लाख राजश्व बाँडफाड ७, १४ लाख ८८ हजार ९०० सय, प्रदेश समपुरक अनुदान ९७ लाख ५० हजार, समानिकरण अनुदान ४६ लाख ३ हजार, प्रदेश राजश्व बाँडफाँडबाट प्राप्त २५ लाख ५० हजार, आन्तरिक आय ६६ लाख र गत आवको नगत मौजदात १ करोड २८ लाख गरि आर्थिक बर्ष २०८०÷८१ को लागि ३९ करोड ९ लाख ९ हजार ९ सय बराबरको बजेट अनुमानित आय रहेको छ ।

गाउँपालिकाको श्रोत अधिकतम उपयोग गर्दै जनताको अपेक्षा अनुसारको बजेट ल्याइएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । गाउँपालिकामा आएको बजेटको आकार ठुलो देखिएपनि पुँजीगत बजेट भने थोरै हुने उनको भनाइ छ ।‘यहाँको आवश्यकता र औचित्यको आधारमा वजेट तयार गरिएको छ’’ अध्यक्ष राईले भने,‘हेर्दा बजेटको आकार ठुलो देखिन्छ । सामाजिक सुरक्षा,शिक्षक कर्मचारीको तलब तथा लक्षित वर्गलाई बजेट विनियोजन गर्दा विकास बजेट थोरै मात्र हुन्छ । यो वर्ष ११ करोड बराबर मात्र पुजीगत बजेट रहेको छ ।’

यो वर्ष विगतका वर्षका कामलाई निरन्तरता दिँदै थप नयाँ कामको लागि पनि बजेट विनियोजन गरेको उनको भनाइ छ । कृषि क्षेत्रको विकासका लागि थप योजनाबद्ध रुपमा काम गरिने अध्यक्ष राईले जानकारी दिए । बाँझो जमिनमा खेती गर्न चाहनेलाई थप प्रोत्साहनको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष राईले बताए । गाउँपालिकालाई फुसको छानोमुक्त बनाउने लक्ष्यले यो वर्ष एक करोड बजेट विनियोजन गरिएको अध्यक्ष राईले बताए । त्यस्तै खानेपानीको समस्या समाधन गर्न ५० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ ।

तपाईको प्रतिक्रिया