भोजपुर– प्रथम कोशी प्रदेश स्तरीय आई.टि.एफ तेक्वान्दो प्रतियोगितामा सुनसरी जिल्ला प्रथम भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजना तथा जिल्ला खेलकुद विकास समिति भोजपुरको संयोजनमा भोजपुरको दिङ्लामा सम्पन्न भएको प्रतियोगितामा सुनसरी जिल्ला प्रथम भएको हो । प्रतियोगितामा प्याट्रन र स्पाईरिङ तर्फ गरि महिला पुरुष २२ वटा विद्यामा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा ९ स्वर्ण, ७ रजत र ४ कास्य पदक प्राप्त गर्दै सुनसरी जिल्ला प्रथम हुँदा ५ स्वर्ण, ४ रजत र ४ कास्य सहित झापा दोस्रो भएको छ । ५ स्वर्ण, २ रजत र ८ कास्य पदक सहित भोजपुरले तेस्रो स्थानमा चित्त बुझाउनु परेको छ ।

प्रतियोगितामा प्रदेश भित्रका ६ जिल्ला पाँचथर, ईलाम, झापा, मोरङ, सुनसरी र भोजपुर जिल्लाका एक सय भन्दा बढी खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगितामा पुरुषतर्फ मोरङका लक्ष्मण राजवंशी र महिला तर्फ सुनसरी जिल्लाकी एलिजा राई उत्कृष्ट घोषित भएका छन् ।

तपाईको प्रतिक्रिया