भोजपुर– भारतको हैदराबादमा अगस्ट सम्पन्न दक्षिण एसिउन च्याम्पिएनसिप आई..टि.एफ तेक्वान्दो प्रतियोगितामा एक स्वर्ण पदक सहित ४ पदक भोजपुरका खेलाडीले नेपाललाई दिलाएका छन् । अगष्ट ४ तारिकदेखि ६ तारिक सम्म सञ्चालन भएको खेलमा नेपालको प्रतिनिधित्व गर्दै भोजपुरका वीर बहादुर तामाङ र सजिना तामाङले विभिन्न विधामा ४ पदक प्राप्त गरेका हुन् ।

ग्रुप स्पाईरिङ तर्फ सजिना तामाङले गोल्ड मेडल प्राप्त गरेका छन् भने उनैले एकल स्पाईरिङतर्फ रजत पदक हात पारेका छन् । यता ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा च्याम्पिएन बनेका वीर बहादुर तामाङले एकल स्पाईरिङतर्फ कास्या पदक प्राप्त गर्न सफल भएको छ साथै एकल प्याट्रनतर्फ सजिना तामाङले कास्या पदक हात पार्दै नेपालको लागि भोजपुरका दुई खेलाडीले ४ पदक दिलाएका छन् ।

ग्रुप स्पाईरिङमा सजिना तामाङले स्वर्ण पदक, एकल स्पाईरिङ तर्फ ५५–६० केजी तौल समुहमा रजत र प्याटर्न तर्फ कास्य पदक प्राप्त गरिन । यता विर वहादुर तामाङ्ले भने पुरुषतर्फको ७५–८० केजि तौल समूह तर्फ कास्य पदक प्राप्त गरेका हुन्।

पदक विजेता खेलाडी वीर बहादुर तामाङले सातौं र नौं राष्ट्रिय केलकुद प्रतियोगितामा स्वर्ण पदक विजयी हुन भने सजिना तामाङ नौऔं राष्ट्रिय खेलकुद प्रतियोगितामा रजत पदक विजेता हुन् ।

तपाईको प्रतिक्रिया