भोजपुर। अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदाय प्रति दिएको अभिव्यक्ति विरुद्ध भोजपुर जिल्लाको सदरमुकाम भोजपुरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति र नेपाल मगर संघ जिल्ला समन्वय समिति भोजपुरले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको छ ।

एउटा टिभी अन्तरवार्तामा अधिवक्ता पाण्डेले विवाहको प्रसंगमा दिएको अभिव्यक्तिको विरोध हुँदै आएको छ । पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाउँदै आएका छन् ।

आन्दोलित बनेका तामाङ र मगर समुदायलाई एक्यबद्धता जनाउदै सदरमुकाम भोजपुरमा किराँत राई यायोक्खा, नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, नेवा द्ेय दब्बु, भुजेल सेवा समाज,शेर्पा संघ र आदिवासी जनजाती महासंघले एक्यबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे मार्फत ३ सूत्रिय माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

 

आन्दोलनरत समुदायले बुझाएको ज्ञापन पत्रमा तामाङ र मगर समुदायलाई होच्याउने र विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुन बमोजिम हदै सम्म सजाय दिनुपर्ने माग गरिएको छ । सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएर यातना दिएकोमा पनि उनीहरुले आपत्ति जनाएका छन् । यातना दिने परिसरका प्रहरी प्रमुखलगायत संलग्न सबै प्रहरीलाई कारबाही गर्न माग गरिएको छ । घाइते अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

हेर्नुहोस ध्यानाकर्षण पत्र

तपाईको प्रतिक्रिया