भोजपुर। अधिवक्ता भगवती पाण्डेले तामाङ र मगर समुदाय प्रति दिएको अभिव्यक्ति विरुद्ध संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा विरोध प्रदर्शन गरेको छ । नेपाल तामाङ घेदुङ र मगर संघले संयुक्त रुपमा संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा विरोध ¥याली प्रर्दशन गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

अधिवक्ता पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ति जनाउँदै आएका छन् ।

आन्दोलित बनेका तामाङ र मगर समुदायलाई एक्यबद्धता जनाउदै सदरमुकाम खाँदबारीको टुँडीखेलदेखि विरोध ¥याली सहित किराँत राई यायोक्खा, किराँत चुम्लुङ याखोम्मा र तमु ह्युल छ्योँछ्दीले एक्यबद्धता जनाउँदै प्रमुख जिल्ला अधिकारी मार्फत ३ सूत्रिय माग राख्दै गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

 

आन्दोलनरत समुदायले बुझाएको ज्ञापन पत्रमा तामाङ र मगर समुदायलाई होच्याउने र विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कानुन बमोजिम हदै सम्म सजाय दिनुपर्ने माग गरिएको छ । सोही क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएर यातना दिएकोमा पनि उनीहरुले आपत्ति जनाएका छन् । यातना दिने परिसरका प्रहरी प्रमुखलगायत संलग्न सबै प्रहरीलाई कारबाही गर्न माग गरिएको छ । घाइते अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिन पनि ज्ञापनपत्रमा माग गरिएको छ ।

विरोध ¥यालीसहित कोणसभामा जनजाती महासंघ संखुवासभाका उपाध्यक्ष मित्र कुमार गुरुङ, नेपाल तामाङ घेदुङका संस्थापक बसन्त कुमार तामाङ, नेपाल तामाङ घेदुरङका संघिय सदस्य धन बहादुर तामाङ, जिल्ला अध्यक्ष काजीमान तामाङ र मगर संघको तर्फबाट प्रदेश सदस्य लोक बहादुर मगर र जिल्ला अध्यक्ष कुमार मगरले आफ्नो समुदायको माग र अधिबक्ता पाण्डेलाई तुरुन्त कार्बाहीको माग गर्दै आफ्नो धारण व्यक्त गरेका थिए ।

 

तपाईको प्रतिक्रिया