भोजपुर– अरुण माध्यमिक विद्यालयद्धारा दुई तेक्वान्दो खेलाडी सम्मानित भएका छन् । भोजपुरका तेक्वान्दो खेलाडी वीर बहादुर तामाङ र सजिना तामाङलाई विद्यालयले सम्मान पत्रद्धारा मंगलबार सम्मान गरेको हो ।

अगष्ट ४ देखि ६ तारिकसम्म भारतको हैदराबादमा सम्पन्न दक्षिण एसियाली आई.टि.एफ तेक्वान्दो च्याम्पिएनसिपमा भोजपुरबाट दुई खेलाडी सहभागी भएका थिए । दुई खेलाडी मध्ये नेपालको लागि सजिना तामाङले तीन पदक र वीर बहादुर तामाङ एक पदक दिलाउन सफल भएका थिए । उनिहरुलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र साहयक प्रधानध्यापकले सम्मान पत्र प्रदान गर्दै सम्मान गरेको थिए ।

सजिना तामाङले ग्रुप स्पाईरिङमा स्वर्ण, एकल स्पाईरिङमा रजत र एकल प्याट्रनमा कास्य पदक गरि तीन पदक दिलाएका थिए भने वीर बहादुर तामाङले एकल स्पाईरिङमा कास्य पदक नेपाललाई दिलाउन सफल भएका थिए ।

सजिना तामाङले नौ औं राष्ट्रि खेलकुद प्रतियोगितामा रजत पदक हासिल गरेका थिए भने वीर बहादुर तामाङ स्वर्ण पदक विजेता हुन् ।

तपाईको प्रतिक्रिया