भोजपुर– कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरद्धारा भाद्र महिनाको सर्वाेकृष्ट प्रहरी घेषित गरि दुई प्रहरी पुरस्कृत भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी बरिष्ठ नायव निरिक्षक राजेन्द्र कट्वाल र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सहायक हवल्दार रघुनाथ मण्डल भाद्र महिनाको सर्वाेकृष्ट भई पुरस्कृत भएका छन् ।
विभागीय मूल्य मान्यता, आदेश निर्देशको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी बरिष्ठ नायव निरीक्षक राजेन्द्र कटवाल र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी सहायक हवल्दार रघुनाथ मण्डललाई पुरस्कृत गरेको हो ।
पुरस्कृत हुने कट्वालले सुनसरी र मोरङ जिल्लामा भएका विभिन्न लुटपाट तथा अन्य अपराधिक कृयाकलापमा संलग्न भएका व्यक्तिहलाई नियन्त्रणमा लिन सफल भएका थिए भने मण्डलले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको लागि आवश्यक पर्ने फर्निचर, स्थानीय स्तरमा उपलब्ध साधनश्रोतको अधिकतम सदुपयोग गरी विभिन्न किसिमका फर्निचरहरू निर्माण गरी कार्यालयको सौन्दर्यीकरण कार्यमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको हुँदा उनीहरुले सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मूल्याङ्कन गर्दै २०८० साल भदौ “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरी पुरस्कृत गरेको हो ।